रौतहट,०१ पुष — गत शनिवार गौरस्थित सीमा क्षेत्रको कुखुरा फार्मबाट १ सय ८० किलो गाँजा प्रहरीले बरामद गर्यो। धादिङबाट मिनिट्रकमा ल्याएर फार्मको जमिनमुनि गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीका अनुसार उक्त गाँजा भारत पठाउने तयारी थियो ।
गौर नगरपालिका–३ स्थित भारतीय व्यापारी अफरोज मियाँले सञ्चालन गरेको फलक पोल्ट्रीमा गाँजा फेला परेको हो । गाँजा लोड गरिएको वाग्मती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र चालक मकवानपुरका सुरेन्द्र स्याङतानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।फार्मका सञ्चालक मियाँ भने फरार छन् । एक महिनाअघि गौर–२ स्थित लालबकैया नदी हुँदै भारत गाँजा तस्करी गर्न लागेको अवस्थामा अस्थायी प्रहरी पोस्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको संयुक्त टोलीले १७ पोका गाँजा फेला पारेको थियो । प्रहरीलाई देखेपछि गाँजा बोक्ने समूह फरार भयो । पोका खोलेर हेर्दा भित्र २ सय ४ किलो गाँजा थियो ।
रौतहट प्रहरीले साउनयता ५ महिनामा ४ सय १० किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको छ । गएको आर्थिक वर्षको यही अवधिमा प्रहरीले २ सय ४ किलो गाँजासहित १४ जनालाई पक्राउ गरेको थियो ।

अघिल्लो सामग्रीजेसीज सप्ताह:फुटबल प्रतियोगितामा चपुर बैकर्स बिजयी
यसपछिको सामग्रीकांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै