पुष १३,रौतहट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननिय देव प्रसाद तिमिल्सिनाले कालोपत्रे सडक निमार्णको शिलान्यास गरेका छन् ।
बुधबार माननिय तिमिल्सिनाले आफ्नो पहलमा ल्याएको करिव ६ करोड ५० हजार रकमको कालोपत्रे सडक निमार्णको शिलान्यास गरेका हन् । सो सडक चन्द्रपुनिगाहपुर देखि गौर सडक खण्डको हर्षाहा चोक देखि चमनपुर,कमलपट्टी हुदै सिस्वा नहर जाने बाटो सम्म अक्सपाल ३ किलोमिटर कालोपत्रे सडक निमार्ण हुने सांसद तिमिल्सिनाका स्वाकिय सचिव एबं चन्द्रपुरका नगर सभापति मुकेश गिरीले जानकारी दिएका छन् । उनले आउदो दिनहरुमा पनि रौतहटको क्षेत्र नम्बर ४ मा माननिय तिमिल्सिनाले शिक्षा,स्वास्थ्य,रोजगारी,यातायात,खानेपानि संग सम्पुर्ण जनतालाई जोड्ने प्रतिबद्धता समेत गरेको बताए ।

सडक निमार्णको शिलान्यास कार्यक्रम गर्नु हुदै रौतहट क्षेत्र नं. ४ का सांसद देव प्रसाद तिम्लिसना

कमलपट्टी चोक देखि स्थानिय बिनोद साहको घर सम्म ठेक्का मार्फत डेढ करोडको लागतमा आरसीसी ढलान सम्पन्न भईसकेको तथा स्थानिय बिनोद साहको घर देखि स्थानिय गजेन्द्र पालको घर सम्म ठेक्का मार्फत ७६ लाखको लागतमा आरसीसी ढलान कार्य भईरहेको माननिय तिमिल्सिनाका स्वकिय सचिव गीरीले बताएका छन् ।
शिलान्यास कार्याक्रममा वृन्दावन नगरपालिकाका पुर्व नगर प्रमुख रामस्नेही राय यादव,पुर्व वडा अध्यक्ष शेख अस्लम लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीसुशान्त सिंह राजपूतको हत्या भएको दाबी
यसपछिको सामग्रीमधेस प्रदेश: कांग्रेस संसदीय दलको नेता चुन्न आज चुनाव हुदै