रौतहट,१९ मंसिर रौतहटको चन्द्रनिगाहपुरमा गोल्डेन ओक कमेडी यात्रा कार्यक्रम भएको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा चन्द्रपुर स्थित अशोका होटलको सभाहलमा आयोजित कमेडी यात्रामा स्थानिय तथा ख्याति प्राप्त हास्य कलाकारहरुको सहभागिता रहेको सो कार्यक्रम हेर्न सभाहलमा दर्शकहरुको खचाखच भीड लागेको थियो ।निरज नेपालको प्यारोडि डान्सबाट सुरु भएको कार्यक्रमलाई सुमन कार्कीको स्ट्यान्ड अप कमेडीले पेट मिचिमिचि हाँस्न बाध्य पारेको थियो ।कार्कीले ऋषी धमला लगायत शीर्ष नेताहरुको क्यारिकेचर गर्दै समसामायिक विषय वस्तुमा गरेको चोटिलो व्यङ्गले दर्शकको वाहवाही पाएको थियो ।


त्यसपछि सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ को सामुहिक प्रस्तुतीले पनि दर्शकहरु मन जित्न सफल भएको थियो ।
शीर्ष राजनितिक दलहरुको नेताको गतिविधि माथि गरिएको व्यङ्गले दर्शकलाई हसाएको थियो भने भारतले सिमा मिचेको प्रसंगले दर्शकहरुलाई गम्भीर बनाएको थियो ।त्यसैगरी जितु नेपालको स्ट्यान्ड अप कमेडीमा पनि दर्शकहरु रमाएका थिए ।उनले राजनितिक, सामाजिक विषय गरेका चोटिला प्रहारहरु र पञ्च लाइनले सभाहल भरी हाँसोको फोहोरा छुटेको थियो ।कार्यक्रम अन्त्यमा गायिका मिलन नेवारको प्रस्तुतीले दर्शकहरुलाई नचाएको थियो ।

उनले ‘फुलबट्टे सारी’ लगायतका चर्चित गितहरु गाउँदा हलमा भएका दर्शकहरु नाँच्दै झुम्दै मनोरञ्जन लिएका थिए ।संंचालिका राधिका कडेँलको संचालन शैलीले कार्यक्रम भरी दर्शकहरुलाई बाँधेर राखेको थियो ।कमेडी यात्रा लिएर देश दौडाहा निस्किएका जितु नेपालले आफुहरु चन्द्रपुरका दर्शकहरुको माया देखेर निकै उत्साहित भएको भन्दै चन्द्रपुरको मायाले आफुलाई निकै प्रभावित गरेको प्रतिक्रिया दिए ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव जनकराज भारतीले ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले चन्द्रपुरवासीको मन जितेको भन्दै कलाकारहरुको प्रस्तुतीले एकैछिन भएपनि दर्शकहरुलाई मनका पिरमार्का भूलेर हसाएकोमा कलाकारहरुलाई धन्यवाद दिए ।
उनले संघले आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने योजना रहेको जनाउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघ समस्त चन्द्रपुरको विकास र समृद्धिको लागि काम गरिरहने बताए ।
संघका अध्यक्ष उदय नारायण सापकोटाले सो कार्यक्रमले चन्द्रपुरलाई देश विदेशमा चिनाउन मद्धत गरेको भन्दै कार्यक्रमबाट फाइदा भएको रकम संघको निर्माणाधिन भवनमा खर्च गरिने जानकारी दिए ।उनले संघले सदैव सामाजिक दायित्व बहन गर्दै व्यवसायीको हकहितको लागि काम गरिरहेको जनाउँदै यस्ता सामुहिक कार्यक्रमहरुले सामाजिक एकता पनि बढाउनेमा विश्वास व्यक्त गरे ।








