रौतहट:अङ्ग्रेजी नयाँ बर्षको अवसरमा चन्द्रपुरमा जनजेतना सहितको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्ज सेन्टर प्रा.ली ,संयुक्त एम्बुलेन्स चालक संघ तथा चान्दनी कला केन्द्र र लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुरको संयुत्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लायन्सका क्लवका पदाधिकारी तथा समाजसेवी बिनोद गुप्ताले कार्यक्रममा राखिएको सम्पुर्ण बिषय अपरिहार्य रहेको बताए । आफ्नो ज्यानको बाजी राखी जुनसुकै अवस्थामा पनि अस्पताल सम्म पुर्याउने एमबुलेन्स चालकलाई गुप्ताले धन्यवाद समेत दिए । साथै आउदै गरेको अङ्ग्रेजी नयाँ बर्ष २०२३ को शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा सिभिल हस्पिटलले सुलभ स्वास्थय सेवा,प्रसुति महिलाको लागी नि:शुल्क एम्बुलेन्स सेवा,परीवार नियोजन सेवा (न्यूनतम खर्चमा) र प्रत्यक दिन बिशेषज्ञ सेवा दिने सिभिल हस्पिटलका संचालकले घोषण गरेका छन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. सन्दिप साहले अति बिपन्न परीवारको शल्यक्रिया गनेु परेमा निशुल्क गरिदिने समेत घोषण गरेका छन् । डा. साहले आवश्यक परामर्श संगै बिपन्न परीवारको उपचारमा कुनै कमि हुन नदिने बताए । कार्यक्रममा बिट्टु फाउन्डेसनका अध्यक्ष तथा ज्ञान ज्योति बिध्यालका संचालक बिनय चौधरीले अति बिपन्न,जेहेन्दार र लगनशिल दुई बिध्यार्थीलाई प्रत्यक वर्ष छात्राबासको सुबिधा सहित अध्यापनको सुबिधा दिने घोषना गरेका छन् । उनले रौतहट भरीका सम्पुर्ण एमबुलेन्स चालकलाई सवरी चालक ज्याकेट समेत बितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै संयुत्त एम्बुलेन्स चालक संघ का अध्यक्ष लालबाबु साहले जनचेतना कार्यक्रकले अब दुर्घनामा कमी आउने बताए । साहले अङ्ग्रेजी नयाँ बर्षको शुभकामना दिदै एम्बुलेन्स चालकले सजक भएर सवारी चलाउन समेत आग्रह गरे ।सोहि कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अरबिन्द कुमार साहलेले संयमित भई नयाँ साल मनाउन अनुरोध गरे । उनले पुराना नराम्रा कामहरुलाई त्याग्दै नयाँ सकारात्मक कामहरु गर्दै समाजमा आफ्नो नाम स्थापित गरी उदारणिय बन्न सुझाव दिए । कार्यक्रममा चान्दनी कला केन्द्रका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
संचारकर्मी नेक महम्मद हुसेनले सवारी चालकहरुलाई प्रशिक्षण संगै कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा एम्बुलेन्स चालक,सुरक्षाकर्मी,स्वास्थयकर्मी,संचारकर्मी,बुद्धिजीवी लगायत कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।







