मंसिर १५,गरुडा
राैतहटमा वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरूडामा सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आयोजनामा पत्रकारहरु सँग उक्त विषयमा अन्तरक्रिया भएको हो ।
वैदेशिक रोजगारीबाट विप्रेषणमात्रै नभई बिभिन्न प्रकृतीका सामाजिक समस्याहरु पनि भित्रिएको रौतहटमा सामी कार्यक्रम संयोजक अरबिन्द कुमार चौधरीले प्रकाश पार्नु भएको थियो ।
नेपाल सरकारको तथ्यांक अनुसार हालसम्म ८५ लाख नेपालीले श्रम स्विकृती लिएर वैदेशिक रोजगारका लागि गएका छन् । जसमध्य २७ प्रतिशत मधेश प्रदेशका जनता रहेको चौधरीले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा जाने महिलाको संख्या पनि बढ्दै गएकोले विदेशको भुमिमा महिला भएकै कारण सहनुपर्ने हिंसा, घरपरिवारको तर्फबाट दिईने आर्थिक, मानसिक तनाव आदी वैदेशिक रोजगारका कारण श्रृजित लैङ्गिक हिंसा हुन् । यस्तै श्रीमान विदेशिदा श्रीमती वा घरका अन्य महिलामाथी परिवार तथा सामाजका बिभिन्न पक्षबाट हुने हिंसा न्युनिकरणका लागि पनि सामी कार्यक्रमले पहल गरीरहेको उहाको भनाई थियो । लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चार क्षेत्रको भुमिका अझै बढि महत्वपूर्ण हुने चौधरीले बताउनुभयो ।
यसैबिच ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रामराजा केशरीले लैङ्गिक हिंसाका सम्बन्धमा नेपालमा विद्यमान कानुन तथा यसमा हुने कारवाहि बारे जानकारी दिनुभयो । केशरीले समाजभित्र हुने लैङ्गिक हिंसालाई उदाहरण सहित पेश गर्दै यसका कारण र कारवाहिको प्रक्रियाबारे बताउनुभएको हो । अझै पनि ग्रामिण क्षेत्रमा लुकेर रहेका हिंसाका घटनालाई उजागर गरी अपराधिलाई कानुनको दायरामा ल्याउन सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने केशरीको भनाई थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ अन्तर्गत सामी कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो ।
मधेश प्रदेशमा पनि वैदेशिक रोजगारमा जाने सबै भन्दा धेरै धनुषाका नागरीक रहेका छन् भने सबै भन्दा कम पर्सा जिल्लाका रहेका छन् । धेरैजना वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्याको आधारमा रौतहट मधेश प्रदेशको छैठौ स्थान छ । वैदेशिक रोजगारमा जाने कामदारहरुले विदेशमा अधिकांश निर्माण, उत्पादन तथा होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरेका छन् ।
स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं, भन्ने नाराका साथ सञ्चालीत सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन काम गरीरहेको छ ।
नेपाल सरकार र स्विजरल्याण्ड सरकारबिचको द्धिपक्षिय सम्झौता बमोजिम जारी तेश्रो चरणको सुरक्षित आप्रवासन सामी कार्यक्रम रौतहटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व स्थानिय सरकारको समन्वयमा सेवा प्रदायक संस्था माण्डवीद्धारा सञ्चालीत छ । यस जिल्लामा चार वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालनमा रहेको छ ।

अघिल्लो सामग्रीगरुडामा सवारी दुर्घटनामा परि एक जानाको ज्यान गयो
यसपछिको सामग्रीजमिनमा गाडिएको अवस्थामा पौने दुई क्वीन्टल गाँजा बरामद