चन्द्रपुर,२२ मंसिर
जेसिज सप्ताह-२०२२ अर्तगत भएको फुटबल प्रतियोगितामा चपुर बैकर्स बिजयी भएको छ । बिहिवार हातेमाले शेरवहादुर दर्लामी स्मृति खेल मैदानमा चपुर बैर्कस र चपुर ईन्सुरेन्स बिच भएको खेलमा चपुर बैर्कस ५ गोल गरेर बिजयी भएको कार्यक्रम संयोजक जेसी सुशिल अधिकारी ले जानकारी दिए । बिजेता भएका चपुर बैर्कस ले ५ गोल गर्न सफल भएका थिए भने उप-बिजेता चपुर ईन्सुरेन्स ले ३ गोल गर्न सफल भई खेल सम्पन्न भएको छ । चपुर बैर्कसको तर्फ बाट बिरोध न्यौपानेले ह्याट्रिक गरेका थिए भने संजय चौधरीले २ गोल गरेका थिए । न्यौपानेले ७ नं खेलाडी नविन कोइरालाको पास बाट गोल गर्न सफल भएका थिए । यस्तै म्यान आफ द म्याच बिरोध न्यौपाने र बेस्ट गोल किपर हिमाल खरेललाई घोषणा गरीएको मुल कार्यक्रम संयोजक जेसि चिरन्जिवी गौतमले जानकारी दिए ।

यस्तै चपुर ईन्सुरेन्स तर्फ बाट निरज तामागं ले २ र सुदिप अधिकारीले १ गोल गरेको थिए । जेसिज सप्ताह-२०२२ अर्तगत भएको फुटबल प्रतियोगिताले चपुर बैर्कस र चपुर ईन्सुरेन्स बिच थप सुमधुर सम्बन्ध बन्ने बिश्वास रहेको चन्द्रनिगाहपुर सिटि जेसीज २०२२ का अध्यक्ष जेसि उज्जवल रिजालले बताए । जेसिज सप्ताह अर्तगत शैक्षिक साम्रागी बितरण कार्यक्रम,आईटि अवरनेस कार्यक्रम,स्लो बाईक रेस तथा ट्राफिक सचेतना कार्यक्रम गर्ने अध्यक्ष जेसि रिजालले जानकारी दिए ।
यो पनि: http://www.esajhavanidainik.com/?p=7998



