चन्द्रपुर – रौतहटको चन्द्रपुर ६ स्थित हिजो (आइतबार) नमूना मतदान सम्पन्न गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय रौतहट को आयोजनामा जन ज्योती बहुमुखी क्याम्पसको परिसरमा नमूना मतदान सम्पन्न गरिएको हो । मतदाता शिक्षा संचालन गर्न खटाइएको स्वयंसेविका, मतदानमा खटिने कर्मचारी, इच्छुक सर्वसाधारण र क्याम्पसका शिक्षक विद्यार्थी लाई सहभागी गराई नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जनाए।
मंसिर ४ को निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम राखिएको हो ।

अघिल्लो सामग्रीमतदाताको उत्साह नै मेरो जितको आधार हो:स्वतन्त्र उम्मेदवार रवि जयसवाल
यसपछिको सामग्रीजनताको विश्वास जितेर जनताकै हितमा काम गर्नेछुः श्रेष्ठ