नेकपा एमाले विरुद्ध जनभावना बढेको अनमान गरेका पूर्व मन्त्री पभ्र साहले दिएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
साह रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेको टिकटमा उम्मेदवारी दिने निश्चित थियो ।उनले पार्टीको टिकट लिइसकेका थिए ।तर उम्मेदवारी दर्ताको क्रममा स्वतन्त्र रुपमा मनोनयन फारम भरे । माओवादी केन्द्रका धीरज पटेल र स्वतन्त्र उम्मेदवार ओमप्रकाश साह प्रभु साहका लागि प्रमुख चुनौतीबनेका छन् ।सत्ता गठबन्धनले माओवादी केन्द्र उम्मेदवार पटेललाई निष्कृय बनाए पनि क्षेत्रीय स्तरमा गठबन्धनका दलहरुले ओमप्रकाश साहलाई मतदान गर्ने संभावना बढेको छ । नेपाली कांगेस मधेश ्र पदेशका सभापति कृष्ण यादवले ् केन्दमा सहमति गरिए पनि क्षेत्रमा ्र मतदाताहरुले अस्वीकार गर्ने बताए । ‘ प्रभु साहलाई समर्थन गर्न केन्द्रमा सहमति भए पनि क्षेत्रमा त्यसको प्रभाव पर्ने छैन्’ उनले भने, साहप्रति जनआक्रोश व्यापक छ ।एमाले र सत्ता गठबन्धनका मतदाताहरुले उनको विरुद्ध मतदान गर्ने देखिएको छ । साहका समर्थकहरुलाई एमालेले टिकट काटेपछि उनले जिल्लाका लागि ल्याएको टिकट वितरण गरेनन् ।
साहले टिकट आफूसँगै राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।तर एमालेका अन्य नेताहरुले विभिन्न माध्यमबाट टिकट मगाएर मनोनयन दाखिला गरे । साहलाई एमालेले कारवाही गरेको छ ।माओवादी केन्दले ्र उनलाई संरक्षण गर्न उम्मेदवार फिर्ता गर्न लागेको छ ।तर साहले आफ्नो स्वतन्त्र उम्मेदवारीबाट एमालेलाई नै फाइदा पगेको तर्क गरेका छन् । साभार जनकपुर टुडे

अघिल्लो सामग्रीवीरगञ्जको रेल्वे रोडबाट चरेससहित दुई युवक पक्राउ
यसपछिको सामग्रीमधेश प्रदेशमा मन्त्री हट्ने हलचल