प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । गृह मन्त्रालयले भर्ना प्रक्रियाका लागि म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।
प्रवक्ता राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।
भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइने उनले जानकारी दिए । छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए ।

अघिल्लो सामग्रीमहोत्तरीःहात्तीले पाँच घर भत्कायोहात्तीले पाँच घर भत्कायो
यसपछिको सामग्रीचेल्सीका प्रशिक्षक टुचेल बर्खास्त