मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमशःगीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।
मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम क्षेत्रीय कमिटीमा सिफारिस गरेको हो । सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर पोलिटब्युरो सदस्य हुन् भने क्षेत्रबहादुर श्रेष्ठ, शिवचन्द्र कुश्वाह, गीता कडेल केन्द्रीय सदस्य हुन् ।
आवरण बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस


