रौतहट,२१ भाद्र
नेपाली काङ्ग्रेस रौतहट जिल्ला समिति का पुर्व सदस्य तथा हालका क्षेत्रीय प्रतिनिधि सुमन गौतमले नेपाली काङ्ग्रेस का महामन्त्रीद्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्मालाई खुल्ला पत्र लेखेका छन।
खुल्ला पत्रमा गौतमले पछिल्लो समयमा काग्रेस रौतहट मा भएको बिधान बिपरितको क्रियाकलाप लाई इङ्गित गर्दै आफ्नो आक्रोस ब्यक्त गरेका छन। रौतहट काङ्ग्रेस मा मौलाएको बिकृती, स्थानीय तहको निर्वाचन मा टिकट खरिद-बिक्री,र कार्यकर्ताको असन्तुष्ट र वडा अधिवेशन मा क्षेत्रीय प्रतिनिधी हारेका ब्यक्तीलाई बिधान बिपरित मधेस प्रदेश को सदस्य बनाएको बिषयमा आफुले हालेको उजुरिको सुनुवाइ नहुनु कारण को प्रश्न गर्दै खुल्ला पत्र आफ्नो समाजिक सजाल मार्फत सार्वजनिक गरेका हुन।
गौतमले लेखेको खुल्ला पत्र जस्ताको तस्तै,,,,,,,,,,,,,,
“नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्मा ज्यु नेपाली काङ्ग्रेसको बिधान धेरै पटक अध्यन गरे मैले तर कहीं त्यस्ता धारा फेला पार्न सकिन । नेपाली काङ्ग्रेसको १४ औं माहाधिबेशनको वडा अधिबेशनमा क्षेत्रीय प्रतिनिधि हारेको ब्यक्तिलाई बिधान बिपरित ठुलो आर्थिक चलखेल गरि नेपाली काङ्ग्रेसको मधेस प्रदेश सदस्य मनोनीत गर्दै ससदिय बोर्डको सदस्य मनोनीत गरि स्थानीय निर्वाचनको चुनावमा मधेस प्रदेश मेयर-उपमेयरको टिकट बितरणमा मोटो रकम असुलेको, बिक्रि गरेको आरोप लागेका ब्यक्ति विरुद्ध नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यलय सानेपामा दर्ता नम्बर ८ रहेको उजुरीमा समेत लामो समय बितिसक्दा हालसम्म सो उजुरीको सुनुवाइ किन र कसरी भएन ? प्रजातान्त्रिक आन्दोलन र गणतन्त्र स्थापना गर्न अग्रणी भुमिका खेलेको पार्टीले हालसम्म कुनै कार्वाही नगर्नु आफैमा लज्जास्पद र संकास्पद बिषय हो या होईन ? महामन्त्रीद्वय ज्यु ? उजुरी विरुद्ध कहिले छलफल हुन्छ र कहिले निर्णय हुन्छ ? जवाफ दिनुपर्छ तपाईहरुले ? “गगन-बिश्व आउ पार्टि बचाउ “भन्दै नारा सहितको अभियान चलाउदै तपाईहरुलाई जिताएको यही दिन देख्न हो या बिधानको धज्जी उडाउन हो ? जफावदेही बन्नुस महामन्त्रीद्व्य ज्यु !!!!!!!! सुमन गौतम
नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि
रौतहट नेपाली काङ्ग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य
रौतहट नेपाली काङ्ग्रेस जिल्ला सचिव पदको प्रत्यासी
आवरण नेपाली काङ्ग्रेस का महामन्त्रीद्वयलाई काङ्ग्रेस नेता सुमन गौतम को खुल्ला पत्र



