रौतहट,१८ भाद्र दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन् । जिल्ला को गरुडा नगरपालिका ५ का रोशनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती प्रियादर्शनीले प्रहरीमा जाहेरी दिएपछि गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा चलेको थियो । त्यसपछि गुप्ता लुकिछुपी बस्दै आएका थिए । गुप्ताले विवाहमा ३० लाख भारु लिएका थिए । विवाहपछि कार मागेका हुन् । तर दिन नसकेपछि गुप्ताका परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएको आरोप छ ।
रौतहट प्रहरीले फरार गुप्तालाई बिहीबार साँझ पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गुप्ताले भारत विहार स्थित शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको जानकारी दिए।
मधेस लगाएत जिल्लाहरुमा बर्सेनि दाईजो को निउ मा महिला हरुले कुटपिट र यातना खेप्दै आउनु परेको छ। दाइजो को बहाना मा कुटपिट हुदा धेरै जसो महिलाहरुले ज्यान समेत गुमाउनु परेको छ। विभिन्न सघ सस्थाले दाइजो प्रथा विरुद्ध विभिन्न कार्यक्रम गरेपनी यस्ले सार्थक्ता भने पाएको छैन।
अपराध दाईजोमा कार नदिएको भन्दै श्रीमती कुटपिट गर्ने गुप्ता पक्राउ








