बर्दिबास –८ मा चार र वडा नं १० मा हात्तीले एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।
रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो ।
हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । यसमा कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो सामग्रीधनुषाको नगराईनमा दुई किशोरी मृत अवस्थामा फेला
यसपछिको सामग्रीभदौ ३० देखि म्यादी प्रहरी भर्ना, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता