चन्द्रपुर/ निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।
उनि राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा भएको निर्वाचनमा १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।
प्रदेश खवर निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा यादव र सचिवमा कार्की निर्वाचित



