चन्द्रपुर,०१ भाद्र
चन्द्रपुर नगरपालिका वार्ड नं. ०५ मा अवस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषना भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको ३५ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न बिधामा सम्मान तथा पुरस्कृत गर्ने क्रममा संकल्प साकोसलाइ मधेस प्रदेशको उत्कृष्ट सस्थाको रुपमा सम्मान गर्ने घोषणा गरीएको हो।सस्थाले सदस्यको हितका कार्य,सु-शासन ,प्रबिधिको प्रयोग ,सामाजिक उत्तरदायित्व ,कर्मचारीको स्थाइत्व रसन्तुष्टि,व्यावसायिकता, पुर्ण तथा व्यावसायिक साकोस निर्माण कार्यक्रममा आवद्धता र उपलब्धि ,पर्ल्स अनुगमन प्रणालीलाई आत्मासात गरेको अबस्था ,नियमक निकायले प्रदान गरेको निर्देशन कार्यन्वयनको अवस्था आदिलाई आधार मानेर पुरस्कृत गरीएको सो संस्थाका अध्यक्ष बिभु पोखरेलले जानकारी दिए ।लामो समय देखि चन्द्रनिगाहपुरमा रहेर आर्थिक बिकासका लागि ,बित्तिय साक्षरता अभियान ,सामाजिक सास्कृतिक परिबर्तन र बिकासका लागि भुमिका खेलिरहेको छ ।सस्थाले ०% मा आकस्मिक ऋण,हजार हातमा खुत्रुके साथमा ,जेष्ठ सदस्य सम्मान , सदस्यको मृत्युु पर्यन्त परिवारजनमा क्रिया खर्च प्रदान ,नव दुलहिलाइ निशुल्क शेयर प्रदान ,एकल महिलाको छोराछोरीलाई पाठ्यसामग्री खरिदको लागि केही आर्थिक सहयोग ,विभिन्न बिधामा योगदान गरेका ब्यक्तिलाई सम्मान ,जस्ता कार्यक्रमहरु सदस्य्हरुले रुचाएका छन ।प्रबिधि प्रयोगमा समेत सक्लप साकोसले अग्रता लिदै आएको छ ।ए.टि.एम को प्रयोग ,मोबाइल बैङ्किङ,फन्ड ट्रान्सफर ,क्यु आर कोडको प्रयोग ,रेमिट्यान्स सेवा ,क्लाउडमा आवद्ध जस्ता पक्षले सस्थाको बिश्वासमा बढोत्तरी भएको त्यहाका शेयर सदस्य बताउछन ।रौतहटको उत्तरी क्षेत्रमा रहेर पुर्ण रुपमा समुदायमा आधारित रहि सामुहिक नेतृत्वको भावना बाट अगाडि बढेको सस्थाले नेफ्स्कुन,सहकारी बैंक ,तत्कालीन डिभिजन सहकारी कार्यालय रौतहट ,कर कार्यालय सिमरा ,मधेस प्रदेश सरकार बाट पनि सम्मानित भइसकेको सस्थाका अध्यक्ष बिभु पोखरेलले जानकारी दिए ।असार मसान्तसम्म ३९६५ सदस्य ,५ करोड १३ लाख शेयर पुजि ,३७ करोड ४९ लाख बचत ,५० करोड ६३ लाख ऋण लगानी ,२ करोड ४१ लाख सन्चालन नाफा गरि ६० करोड ३७ लाखको कुल सम्पत्ति भएको पनि अध्यक्ष पोखरेलले जानकारी गराए ।आगामी दिनमा पनि सहकारीको मर्मलाई आत्मसात गर्दै सदस्यको हितमा काम गर्दै स्व रोजगार निर्माण ,व्यावसायिकताको बिकास गर्दै थप पुरस्कारको लागि योग्य बनोस भनी शुभकामना छ ।

अघिल्लो सामग्रीहरिणको आक्रमणबाट वृद्धाको मृत्यु
यसपछिको सामग्रीनिर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा यादव र सचिवमा कार्की निर्वाचित