धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ विरेन्द्रबजारको गोलघर नजिक भएको बस दुर्घटनामा १५ जना सामान्य घाइते छन् भने ५ जना गम्भीर घाइते भएका छन् ।काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस सोमबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले जानकारी दिए ।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेहरुको विरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको छ ।
आवरण धनुषामा बस पल्टिँदा २० जना घाइते, ५ जनाको अवस्था गम्भीर



