रौतहट,२३ साउन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरिएको छ ।
एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेस तथा वृहत जनसभालाई आज दिउँसो १ बजे ओलिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गर्ने भनिए पनि प्रतिकुल मौसमका कारण सिमरा एयरपोर्टमा अवतरण गर्नु परेको हो ।
एक बजेको लागि तय गरिएको कार्यक्रमा यती बेला सम्म अध्यक्ष ओलि नआउदा कार्यकर्ताहरु केहि अन्यौल भएका छन भने कोहि आफ्ना घर तिर लागिसकेका छन।
यस भन्दा आघी पनि मौलापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न ओलि आउने कार्यक्रम तय भए पनि उपस्थित हुन सकेका थिएन्न।
रौतहट सदरमुकाम गौरमा नेकपा एमालेको पार्टी प्रवेश तथा वृहद जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो सामग्रीधनुषामा बस पल्टिँदा २० जना घाइते, ५ जनाको अवस्था गम्भीर
यसपछिको सामग्रीराष्ट्रिय भूमि आयोग रौतहटको सदस्यमा बराल नियुक्त