रौतहट: बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।
भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए ।सोही क्रममा ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमार बेपत्ता भएका थिए भन २७ वर्षीय सुमन साहको स्थानीयले उद्धार गरेका थिए ।बेपत्ता दुईजनाको शव वृन्दावन नगरपालिका–१ सल्लेरी नदि किनारमा भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनुभयो ।
उनीहरू BR 01 HF 6619 नम्बरको कार चढेर नेपाल आएका थिए । बेपताको खोजी शनिबार देखिनै जारी थियो ।




