रौतहट,०४ असार संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रमुख केन सिमिजुले चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले, नगर उपप्रमुख जयमाला कुमारी चौधरी लगायत नवनिर्वाचित प्रतिनिधिसगँ भेट गर्नुभएको छ । भेटमा समग्र कृषि तथा पशुपालन क्षेत्रको अवस्था, एफ ए ओले संचालन गरेको एम एम एम परियोजनाको वस्तुस्थिती तथा आगामी कार्यक्रम र प्राथमिकताबारे छलफल भएको थियो । नगरपालिकामा आयोजना गरिएको स्वागत गर्दै नगर प्रमुख काफ्ले कृषि तथा पशुपालनको क्षेत्रगत सुधारमा एफएओले संचालन गरेको परियोजनाले सकारात्मक परिवर्तन ल्याएको र यस क्षेत्रमा किसानलाई आकर्षित गरी आर्थिक आय आर्जनमा सहयोग रहेको बताउनुभयो ।
एफ ए ओका प्रतिनिधि सिमिजुले नगरपालिकाको समन्वय तथा सहयोगमा एफ एम एम परियोजना संचालन गर्न पाउदा खुसी लागेको र कोरोना कहरको समयमा विदेशबाट फर्किएका नागरिक र आर्थिक आयस्तर न्यून भएकालाई सीप सहित रोेजगारमा अभिप्रेरित गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उच्च रहेको स्मरण गर्दै यस नगरपालिकाको कृषि तथा पशुपालनको क्षेत्रमा १० वटा वडाका नागरिकलाई तालिम तथा प्राविधिक सहयोग गर्न पाउदा खुसी भएको बताउनुभयो ।
नगर उपप्रमुख जयमाला कुमारी चौधरीले स्थानीय सरकारसगँ सिमित स्रोत र साधन रहेकाले कृषि तथा पशुपालनको क्षेत्रमा संलग्न सबै किसानको माग सम्बोधन गर्न सहज नरहेको र एफ ए ओ ले संचालन गरेको परियोजनाले धेरैलाई यस क्षेत्रमा लाग्न प्र्रेरित गरेको जानकारी दिनुभयो । रौतहटको समग्र विकासमा कृषि तथा पशुपालनको योगदान सकारात्मक रहेको छ ।
एफ एम एम परियोजनाको स्थलगत अवलोकन

रौतहटमा एफ ए ओले संचालन गरेको एफ एम परियोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । कोरोना कहरको समयमा विदेशबाट फर्किएका नागरिकको आर्थिकस्तरमा सुधार गर्न कृषि तथा गैर कृषि क्षेत्रमा सीपसहित रोजगारी सृजना गने उद्देश्यले रौतहट नगरपालिकाको दशवटै वडामा यो परियोजना संचालन गरिएको हो । परियोजनाको प्रगती समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै एफ ए ओ नेपाल तथा भूटानका प्रतिनिधि सिमिजुले नागरिकको जीवनस्तर सुधारका निम्ति तथा सीप तथा उद्यमशीलताको विकास अत्यावश्यक रहेको बताउनुभयो । उहाँले कोरोना कहरमा धेरै घर परिवारका सदस्यले आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असर भोग्न परेको समयमा सीपले आर्थिक उन्नत्तीको आधार तय गरेको र यस परियोजनाले लिएको लक्ष्य हासिल गर्न सहयोग गर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख, उप प्रमुख तथा सबैमा धन्यबाद दिदै सीप विकासको मुद्दालाई आफ्नो नीति तथा कार्यक्रममा समेत महत्व दिन आग्रह गर्नुभयो ।

उहाँले गैर कृषि तर्फ परियोजनाले संचालन गरेको व्यूटी पार्लर , टेलरिगं, मोबाईल मर्मत, मोटर साईकल मर्मत, ईलेक्ट्रिसियन तथा वाईलडिगं लगायतका तालिममा सहभागी भई व्यवसायमा संचालन गरेका उद्यमीलाई व्यवसाथिक योजना निर्माण गरी पूर्ण आत्मविश्वासका अगि बढ्न आग्रह गर्नुभयो ।
परियोजनाले चन्द्रपुर नगरपालिकासगँको सहकार्यमा कृषि तर्फ १६७ जना तथा गैर कृषि तर्फ १६० जनालाई तालिम दिएको हो । प्रमुख सिमिजुले विभिन्न व्यवसायको स्थलगत अवलोकन गर्दै किसानले तालिमबाट प्राप्त गरेका सीपको प्रयोग, व्यवसाथिक योजना, आर्थिक व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुभयो ।
रौतहटबाट मलेसियामा काम गर्न गई कोरोना कहरको पहिलो समयमा ४ महिना बेखर्ची भई कष्टकर जीवन बिताएका होम बहादुर मगरले बगुर पालनको तालिम पश्चात जीवनमा आएको परिवर्तनबारे जानकारी गराउनुभयो । उहाँजस्तै अन्य फरक फरक क्षेत्रका सफल उद्यमीले सीप पछि आफुमा आएको आत्मविश्वास, परिवारको सहयोग, आफुले देखेको भविष्य र चुनौतीबारे बताएका थिए ।
एफ ए ओ का कार्यक्रम संयोजक ठाकुर चौहानले आफ्नो प्रस्तुती मार्फत परियोजनाले एक वर्षमा उत्पादन गरेका सफल उद्यमी, व्यवसायका प्रकार र व्यवसायमा संलग्न आवश्यक आधारका विषयमा बताउनुुभयो ।
सन् २०२१ जुनबाट संचालन रहेको परियोजनाले कृषि तथा पशुपालनमा नागरिकलाई उत्पे्ररित गरेको छ । कृषि तर्फ तरकारी खेती, बंगुर, कुखुरा, हाँस तथा बाख्रा पालनमा विभिन्न वडाबाट प्रतिनिधित्व गराउदै १६० भन्दा बढी सहभागीलाई कृषि तथा पशु विज्ञबाट तालिम उपलब्ध गराई सफल उद्यमी बन्न अभिप्ररित गरेको हो ।




