रौतहट: रौतहटमा एक जना वृद्धा महिलाको ग्यास सिलिन्डर पड्केर ज्यान गएको छ । जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्सा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।
गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको स्थानियले जानकारी दिएका छन् । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले साझावाणीलाई जानकारी गराएका छन् । शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।



