मौलापुर/ रौतहटको मौलापुर नगरपालिकामा रिना कुमारी साह पुन बिजयी भएकी छिन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी साह ०७९ को स्थानिय तहको निर्वाचनमा एमाले बाट बिजयी भएकी छिन् ।
गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन ।दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् ।
निवर्तमान मेयर साहले ५ हजार ५५६ मत प्राप्त गरिन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रामप्रवेश यादवले तीन हजार ६२ मत हासिल गरेका छन् ।मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् ।
आवरण मौलापुरमा रिना साह पुनः बिजयी



