रौतहट , ४ जेठ
रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्।
उनले पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।
साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी अजय गुप्ताले ३ हजार ७ सय ५ मत प्राप्त गरेका छन ।
यसै गरी उपमेयरमा समाजवादीकै शैल कुमारी साह ले ४ हजार ८ सय ०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसकि सहाजान खातुनले ३ हजार ६ सय ८५ मत हासिल गरेकी छन्।
आवरण गौरको मेयरमा नेकपा एसका साह विजयी



