क्षितिज लामीछाने
पछिल्लो केही समयदेखि नेपाली समाजमा राजावादीहरूको संख्या उत्साह सहित क्रमशः वृद्धि भएको प्रष्ट देख्न सकिन्छ। राजावादीहरूको यस्तो किसिमले हौसला वृद्धि हुनुको विभिन्न कारणहरू छन। यसबारे पनि हामी क्रमश चर्चा गर्नेछौ।
यस लेखमा भने राजतन्त्र किन ठीक होइन भन्ने बिसयमा सात ओटा कारणहरूबारे चर्चा गरिएको छ। यसरी चर्चा गर्नुपर्ने कारण यो छ कि कतिपयको नियत असल भएर पनि बिचार गलत बन्न पुगेको हुन्छ। त्यसकारण उहाहरूलाई लाग्छ कि राजतन्त्र आयो भने आजको नेपाली समाजको समस्या समाधान हुँदै जानेछ र नेपाली समाजले सद्भाव र समृद्धिको बाटो तय गर्नेछ। तर वास्तवमा यस्तो हुन सम्भव नै छैन। जसको कारणहरूबारे तल चर्चा गरिएको छ।
पहिलो कुरा,
सांस्कृतिक रुपमा पनि जनताको टाउकोमाथी बस्ने संस्था हो राजतन्त्र। यसले आम जनताभन्दा आफूलाई विशेष देख्छ। आफूलाई मालिक र जनतालाई आफ्नो रैती मान्छ। जन्मको आधारमा जस्तोसुकै गुण भएतापनी जेठो छोरो राजा भैहाल्ने परंपरा कसरी ठीक मान्न सकिन्छरु वंशानुगत हिसाबले शासनमा स्थायी रुपले टासिरहने संस्कृतिलाई कुन कोणबाट सही मान्न सकिन्छरु
दोस्रो कुरा
नेपाली समाजको विभिन्न जाती, भाषा, धर्म र संस्कृतीसँग संबंधित छ। समग्रमा नेपालको विभिन्न सभ्यतासँग संबंधित छ।
विश्वभर राजाहरू कुनै न कुनै धर्मसँग जोडिएर आउँछ। नेपालको राजा मात्र होइन, हिन्दु राजा हो। कुनै खास धर्मको व्यक्ती राजा हुदा अन्य धर्म, भाषा र संस्कृतिका जनताहरूमाथि अपमान हुन पुग्दछ। कुनै खास धर्म(संस्कृति फरक धर्म, संस्कृति भएका अन्य समुदायमाथि लादिन पुग्दछ। नेपालमा बाचिरहेका सबै सभ्यताहरूलाई समान नजरले हेर्ने हो भने सधैभरी कुनै खास धर्मको राजाको शासन कसरी ठीक मान्न सकिन्छरु कतिपयले भन्ने गर्छन कि आफ्नो देशको धर्म, संस्कृति जोगाउन राजा नभै हुदैन। यो वाइयात तर्क हो। आम मानिसलाई भ्रम दिन गरिएको तर्क। किनकी आज संसारभर राजा नभएको देशमा नागरिकले आफ्नो धर्म, संस्कृतिको रक्षा गरेका छैनन तरु मज्जाले गरेका छन। देश र संस्कृतिको निर्माता राजाहरू हुन भन्ने गलत भाष्यलाई आजको समाजशास्त्रीय विज्ञानले खन्डन गरिसकेको छ। वास्तवमा देश र संस्कृतिको निर्माता भनेको व्यापक जनसमुदाय हुन। व्यापक श्रमजीवी समुदायलाई लुट्ने बहुराष्ट्रिय कम्पनीको दलालको रुपमा परिणत भैसकेको राजतन्त्र कसरी देशभक्त रहन सक्छरु
तेस्रो कुरा
नेपालका राजाहरूले नेपाली समाजले पटकपटक गरेको विद्रोहहरूमा क्रुरतापूर्वक दमन गर्दै आयो। नेपाली समाजले सबैभन्दा बढी सहादत नै राजतन्त्रले गरेको दमनको विरुद्ध बेहोर्नु पर्यो। नेपाली समाजले गरेका आन्दोलनहरूमा राजाहरू कहिल्यै पनि सौहार्दपूर्ण छलफलमा आएनन बरु सैन्य दमनको नीति अख्तियार गर्दै आए। ४६ सालमा प्राप्त भएको जस्तो प्रजातन्त्र २००७ सालमै आएको थियो तर १७ सालमा महेन्द्रले प्रजातन्त्रमाथि कू गर्दिएपछी नेपाली समाज करिब आधा शताब्दी पछाडी धकेलिन पुगेको थियो। जनताले गरेका हरेको बिद्रोहमा कृरतापूर्वक सैन्य विद्रोह गरेर दमन गर्ने राजाहरूको मूल चरीत्र कहिल्यै पनि जनभावना बुझ्ने खालका थिएन।
चौथो कुरा,
राष्ट्रियताको कोणबाट पनि राजाहरू कहिल्यै देशभक्त थिएनन। राष्टृयताको दुइओटा पक्ष हुन्छन। आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता।
आन्तरिक राष्ट्रियताको हिसाबले नेपालका राजाहरू फरक भाषा र सभ्यतामाथी विनाशकारी कोर्आबाहेक केही रहेन। एक भाषा, एक धर्म र एक संस्कृतिको नीति लिएर आफ्नै देशका फरक सभ्यतामाथी दमन मात्रै गर्दै आयो।
बाह्य राष्ट्रियताको कोणबाट हेर्ने हो भनेनेपालमाथि लादिएका कुनै पनि असमान सन्धिलाई खारेज गर्न राजतन्त्रले कहिल्यै पहल गरेन।
सुस्ता र महेशपुरमाथिको भारतीय हस्तक्षेपको उपचार गर्न कहिल्यै तम्सेन, जुन आजसम्म पनि घाउ बनेर बल्झिरहेकै छ । पश्चिम नेपालको उत्तरी सिमाना लिम्पियाधुराबाट सारेर लिपुलेकमा खुम्च्याउने हर्कतको स्वीकृति पञ्चायती निरंकुशतालाई समर्थन जुटाउन राजतन्त्रले नै गरेको थियो भन्ने यथार्थ प्रमाणित भएकै छ। नवउपनिवेशकालीन युगमा आएर विश्व पुजिवादले सोझै हस्तक्षेप नगरेर हाम्रो देशको आर्थिक स्रोतमा कब्जा जमाउने नीति अख्तियार गरेको हो। बहुराष्ट्रिय कम्पनी मार्फत देशको पुजि लैजाने नीति अख्तियार गरेको हो। नेपालका राजाहरू कहिल्यै यसको विरुद्ध लागेनन। बरु विश्व पुजिवादसँग मिलेर आम जनतालाई लुट्ने काम मात्र गर्दै आयो।
पाचौ कुरा,
कतिपयले भन्ने गरेका छन कि राजाहरूले धेरै उद्योग खोले, सडक बनाए। ती सबै गणतन्त्रले बेचेर खायो आदि इत्यादि। वास्तवमा यसको मुख्य कारण बेग्लै छ। ती विकासहरू पञ्चायत कालमा भएका अवश्य थिए तर सबै विदेशीले बनाइदिएका थिए। विदेशीले यस्तो किन गर्यो तरु जबकी विदेशीहरू मुलतः आफ्नो स्वार्थको लागि मात्र आउछन। दोस्रो विश्वयुद्दपछी जुन शीतयुद्ध चल्यो, त्यसले विश्वलाई रुस र अमेरिका गरि दुई ध्रुवमा विभाजन गरेको थियो। अमेरिका र रुस संसारभरिका देशहरूलाई आफ्नो पक्षमा पार्न केही न केही आर्थिक सहयोग गर्दिन्थे। रुसि खेमाले पनि नेपाललाई सहयोग गरेको हो। त्यसैकारण रुसले पनि नेपालमा उद्योगहरू खोल्दिएको हो। जुन आज बन्द भएका छन।
ती उद्योगहरू किन बन्द भए त ?त्यसरी विदेशीले खोल्दिएका उद्योगहरूको जग नेपालमा थिएन र जग निर्माण गर्ने पहल राजाले कहिले गरेन। विदेशीले कपडा उद्योग त खोल्दिए तर त्यसको लागि चाहिने कपास खेती सुरु गरेनन। कृषि औजार कारखाना खोले तर फलाम खानी चलाएनन। छाला जुत्ता कारखाना खोले तर छालाको निम्ति वस्तु पालन गर्ने नीति नै भएन। त्यसकारण ती उद्योगहरू सुक्दै गए र नवउदारवादको प्रवाभमा परेपछि क्रमश सबै बेचिदै गयो।
छैठो कुरा
राप्रपा वा राजावादीहरूको मुख्य हिस्सा अहिलेको समयको सबैभन्दा प्रतिगामी शक्ति हुन। यिनीहरूले चाहेको के हो भने नेपाली समाजले बलिदानीसहित पटकपटक लडेर ल्याएको गणतन्त्र, धर्म निरिपेक्षता, संघीयता, समानुपातिक सहभागीता केही पनि काम छैन। बरु यी सबैलाई लत्याएर पुरानै व्यवस्थामा जानुपर्छ भन्ने हो। यो कदापि ठीक होइन। राजतन्त्र विरुद्ध र गणतन्त्रको निम्ति लडेका पुस्ताहरूले यस्तो प्रतिगामी बाटो कदापि तय गर्ने छैनन।
सातौ कुरा
विश्वभर आजको युगको राजतन्त्रको चरित्र देशभक्त होइन। जस्तै कि जापानको राजा जतिसुकै धनी किन नहोस तर बर्षौदेखी अड्डा जमाएर बसेको अमेरिकी सैन्य अखडा हटाउन त्यसले बोल्दैन। साउदी अरेबियालगायत मध्यपूर्वका राजाहरू विलासी जीवनको प्रदर्शन त गर्न सक्छन् तर आफ्नो छातीमा गाडिएका विदेशी सैन्य अखडाहरू हटाउन चुँसम्म पनि गर्न सक्दैनन्। युरोपका राजाहरूको प्रसंग भने बेग्लै हो।
उपनिवेशको युगसम्म राजाहरू देशभक्त नै देखा पर्छन चाहे त्यसले आफ्नै देशको प्रजाप्रती जतिसुकै कठोर व्यबहार किन नगरेको होस। त्यस युगमा विश्व साम्राज्यवादी पुजिवाद, हाम्रो जस्तो उत्पीडित राष्ट्रहरूलाई सोझै उपनिवेश बनाउन आउथ्यो। अनि यसको विरुद्ध भुपतिको रुपमा समेत रहेको राजा र राष्ट्रिय पुजिपती वर्ग सँगै मिलेर साम्राज्यवादका विरुद्ध लड्थ्यो। किनकी त्यो समयमा राजाले साम्राज्यवादको विरुद्ध राष्ट्रिय पुजिपती वर्गसँग समेत मिलेर लड्दा मात्र आफूले भोग्दै आएको राजकीय सत्ताको रक्षा गर्न सकिने परिस्थिति थियो। राष्ट्रिय पुजिपती वर्गलाई साम्राज्यवादले नस्ट गर्दिने हुनाले राजासँग मिलेर राष्ट्रिय पुजिपती वर्ग पनि विश्व साम्राज्यवादसँग लड्थ्यो। त्यसकारण त्यो युगमा राजा र राष्ट्रिय पुजिपती वर्ग अनिवार्य रुपमा देशको पक्षमा हुन्थे र साम्राज्यवादको विरुद्ध लड्थे।
तर आजको नवउपनिवेशकालीन युगसम्म आइपुग्दा विश्व साम्राज्यवादले उत्पीडित राष्ट्रहरूमा सोझै हस्तक्षेप गर्दैन। बरु बहुराष्ट्रिय कम्पनीमार्फत आफ्नो एजेन्ड बनाएर संसारभरका श्रमिक जनता लुट्ने नीति अख्तियार गर्छ। त्यसकारण त्यसले संसारभरका राष्ट्रिय पुजिपती वर्गलाई आफू मातहत ल्याउने काम गर्यो। त्यसैले गर्दा आज नेपालमा राष्ट्रिय पुजिपती वर्ग नै छैन। किनकी राष्ट्रिय पुजिपती वर्गहरू सबै बहुराष्ट्रिय साम्राज्यवादी पुजिवादको एजेन्डको रुपमा परिणत भैसकेको छ। यसै कारण हो नेपालमा अब कलकारखाना नै खुल्दैन। किनकी नेपालमा राष्ट्रिय पुजिपती वर्ग नै छैन, सबै बहुराष्ट्रिय कम्पनीको दलाल भैसकेका छन।
अहिलेको युगमा राष्ट्रिय पुजिपती वर्ग जस्तै राजाहरू पनि विश्व साम्राज्यवादको एजेन्डको रुपमा रुपान्तरण भैसकेको छ। यस्तो आजको विश्व अर्थराजनीतिले गर्दा भएको हो। आज संसारभर श्रमजिवी जनताहरूलाई लुटिरहेको विश्व पुजिवादले राजाहरूलाई कि हाम्रो गुलामी गर कि गद्दी छोड भन्ने सर्त राख्छ। त्यसकारण हो जापानको राजाले अमेरिकी सेना अखडा हटाउन बोल्न नसकेको।यस्तो यसकारण पनि भयो कि पछिल्लो समयका राजाहरू भुपती हैनन बरु पुजिपती हुन। पछिल्लो समय नेपालका राजा र राजखलकले कस्ता कस्ता व्यवसायमा लगानी गरेका थिए भनेर हेरियो भने यो परिदृश्य प्रष्ट देख्न सकिन्छ। ओबरायसँग मिलेर सोल्टी होटल, पटनाको नबाबसँग मिलेर एभरेस्ट होटल, टनडन खानदानसँग मिलेर चिनी मेल जस्ता उद्योग(व्यवसाय राजाहरूले विदेशी व्यापारीसँग मिलेर चलाएका थिए। यसकारण विश्व साम्राज्यवादी पुजिवादको नवउपनिवेशवादी रणनीतिले सिँगै राष्ट्रिय पुजिपती वर्गसमेत बहुराष्ट्रिय कम्पनीको एजेन्डको रुपमा परिणत हुनुपर्ने विश्व अर्थराजनीतिको सामु नेपालका पुजिपती राजा कसरी अछुतो रहन सक्थ्यो ररु त्यसैले आजको युगको राजाहरू, राष्ट्रिय पुजिपती वर्ग जस्तै विश्व साम्राज्यवादी पुजीवादका दलालमा रुपान्तरण भएका छन।
उपनिवेशवादी युगसम्म राजाहरू यसकारण देशभक्त थिए कि उनीहरू विश्व साम्राज्यवादले सिधासिधा गर्ने हस्तक्षेपको विरुद्ध राष्ट्रिय पुजिपती वर्गसंग समेत मिलेर लड्थे तर नवउपनिवेशवादी युगमा आइपुग्दा राजाहरू यसकारण देशभक्त रहेनन कि विश्व साम्राज्यवादले आजका राजा र राष्ट्रिय पुजिपती वर्गहरूलाई नस्ट गर्ने होइन कि बरु आफ्नो दलाल बनाउने नीति अख्तियार गरेको छ। त्यसकारण आजको युगमा राजतन्त्र कि विश्व साम्राज्यवादको दलाल हुन्छन कि त नस्ट गरिन्छन। त्यसकारण जापानको राजा अमेरिकी सेनाको विरुद्ध बोल्न सक्दैन। अरब र मध्य पश्चिमी देशका राजाहरू आफ्नो देशमा रहेको विदेशी सैन्य अखडा हटाउन चुसम्म पनि गर्दैनन।
आजको युगमा सच्चा देशभक्त रहन विश्व साम्राज्यवादी पुजिवादको हस्तक्षेपको विरुद्ध नलडी हुन्न। विश्व साम्राज्यवादी पुजिवाद हाम्रो जस्तो देशलाई परनिर्भर बनाउन, यहाको स्रोतहरू कब्जा गर्न, सैन्य गतिविधिमार्फत हतियार बेच्न संसारभर फैलिएको छ। यहाँ कुनै उद्योग, कलकारखाना नै खुल्न नदिने परिस्थिति निर्माण गरेर सधै परनिर्भर बनाउने रणनीति बोकेको छ। अनि कुनै देश आत्मनिर्भर नभैकन कसरी स्वाधीन रहन सक्छरु सक्दैन। त्यसकारण आत्मनिर्भर अर्थतन्त्रबिना राष्ट्रिय स्वाधीनताको कुरा गर्नु बेकारको कुरा हो।
यसरी निस्पक्ष भएर जताबाट हेरे पनि नेपालको राजा न सच्चा देशभक्त, न आन्तरिक एकताको सुदृढकर्ता, न विकासकर्ता केही नि देखिदैन र आजको विश्व व्यवस्थाले गर्दा राजाहरू देशभक्तिपूर्ण भूमिकामा फर्केर आउन सम्भव पनि छैन। त्यसकारण राजतन्त्र नेपाली समाजको मुक्ति र उन्नतिको दिशा बिलकुलै हुन सक्दैन।
मित्रहरू,
हामीले यसो भनिरहदा अहिलेको व्यवस्थाका नेताहरू ठीक भन्न खोजेको होइन। अहिलेको व्यवस्थाको नेताहरू खराब छन भन्नुको अर्थ हामी फेरि पछाडि नै फर्केर जनताले फ्याकेको राजतन्त्र ब्युत्याउने असम्भव गतिविधिमा लाग्नु झन प्रतिगमी कदम हुन आउँछ। आज खराब छ तर हामीले आजको ठाउबाट नयाँ र अग्रगामी बाटो तय गर्नुको कुनै विकल्प छैन। त्यो एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद हो। जसमा समुदाय उत्पादक, शक्तिशाली र निर्णायक बनाउदै वर्गबिहिन समाजको निर्माण हुनेछ। सधै परनिर्भर मात्र बनाइरहन खोज्ने साम्राज्यवादी पुजिवादको विरुद्ध लडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनेछ। यसै व्यवस्थाबाट मात्र हाम्रो देश र समाजको हित र पृथ्वीको रक्षा र सिंगो मानव जातिको मुक्तिको मार्ग तय गर्न सकिन्छ।यस लेखमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवले विभिन्न समयमा लेख्नु भएको लेख र अन्तरवार्ताहरूको सारलाई एउटा ठाउमा ल्याएर छोटकरीमा चर्चा मात्र गरिएको हो। ती लेख र अन्तर्वार्ताहरू पढ्नु, हेर्नू साह्रै महत्वपुर्ण हुनेछ।
लेखक वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सदस्य हुन् ।



