चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ६ मा नेकपा माओवादीका वाड अध्यक्ष उमेदवार सहदेब केसी बिजयी भएका छन ।
मत गणनाको अन्तिम परिणाम अनुसार उनले ११६३ मत ल्याइ वाड अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेत्र कुश्वारले १०८८ मत ल्याएका थिए ।
२०७४ सालको निर्वाचनमा वाड अध्यक्ष मै पराजित केसीले यसपटक भने जनताको मन जित्न सफल भएका छन । उनी २०७४ सालको निर्वाचनमा पराजित भएपनि निरन्तर समाजमै काम गरिरहेका थिए । जन भावानालाई समेट्दै वडाको हितको लागि काम गर्ने नवनिर्वाचित के सि ले बताए।
आवरण चन्द्रपुर ६ को वडा अध्यक्षमा माओवादिका सहदेव के सि बिजयी









