चन्द्रपुर,२४ बैशाख
स्थानीय तहको निर्वाचन हुन अब ६ दिन बाकी छ। सवै जसो दलहरु घर दैलोमा ब्यस्त छन। यस्तै रौतहट क्षेत्र न ४ का सघिय सासद मा.देव प्रसाद तिम्सिना पनि घर दैलोमा ब्यस्त देखिन्छन।
तिमल्सिना आज चन्द्रपुर नगरपालिकामा काङ्ग्रेसका सो पालिकाका मेयर पदका उम्मेदवार सजय काफ्ले र उप मेयर जयमाला चौधरी र वडा न ४ का अध्यक्ष नेपाल कार्की सहित सम्पुर्ण उम्मेदवारको पक्षमा मत माग्न ब्यस्त देखिन्थे ।
चन्द्रपुर ०४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सङै सासद तिमल्सिना सहित नगर सभापति मुकेश गिरी र सम्पुर्ण उम्मेदवार घरघरमा पुगेर मत माग्न सक्रिय रहदा नेपाली काङ्ग्रेस प्रती मतदाताको आकर्षण बढ्दै गएको मेयर पदका उम्मेद्वार सजय काफ्ले ले बताए ।

अघिल्लो सामग्रीस्थानिय सरकार बलियो बनाउन काग्रेसलाइ मत : महामन्त्री थापा
यसपछिको सामग्रीट्र्याक्टर पल्टिदा एक जनाको मृतु