चन्द्रपुर,२ जेष्ठ
स्थानीय तहको निर्वाचनमा चन्द्रपुर ४ को वडा अध्यक्ष मा नेकपा एमालेका उम्मेदवार रवि राना मगर बिजयी भएका छन ।
राना सहित उनको प्यानल नै बिजयी भएका हुन ।
वडा अध्यक्षमा जितेका राणाले ८२४ मत प्राप्त गरि बिजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाल कार्की ले ७९८ मत प्राप्त गरेका थिए । यसै गरि नेकपा एस का उम्मेदवार कृष्ण खड्काले ७ सय ७८ मत ल्याएका थिए भने माओवादी केन्द्र का उम्मेदवार डिम प्रसाद दुलालले ३९२ मत ल्याएका थिए ।
३० बर्षिय राना रौतहटमा वडा अध्यक्ष जित्ने संभवत पहिलो कम उमेरका उम्मेदवार बन्न पुगेका छन् । युवाहरु माझ लोकपृय राणा आगामी दिनमा सवैको सल्लाह र सुझाव लिएर वडा को विकास तर्फ अग्रसर हुने बताए।
आवरण चन्द्रपुर ४ मा एमालेका युवा उम्मेदवार राना बिजयी



