रौतहट ५ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिकाको मत परिणाम सार्बजनिक भैसकेको छ । पछिल्लो परिणाम अनुसार चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काग्रेसका उम्मेदवार निर्बाचित भएको छ । चन्द्रपुर नगरपालिमा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदबार सन्जयकुमार काफ्ले ९ हजार १ सय ६३ र उपप्रमखमा नेपाली काग्रेसकै जयमाला चौधरीले ११ हजार ३ सय ७८ मत प्राप्त गरी निर्बाचित हुनु भएको छ । उहाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नु भएको हो । पराजित नेकपा एमालेका नगरप्रमुख पदका उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत प्राप्त गर्नु भएको छ । नगरप्रमुखमा निर्बाचित काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडा अध्यक्ष हुनुहुन्छ । पाँच वर्ष वडामा काम गरेको अनुभव निर्बाचित नगर प्रमुख संग रहेको छ । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका जयमाला चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित हुनु भएको छ । उहा सामाजिक क्षेत्रमा क्रियाशिल रहनु भएको थियो । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रको देवकी नेपालले ७ हजार ६ सय ४० प्राप्त गर्नु भएको छ ।

अघिल्लो सामग्रीगौरको मेयरमा नेकपा एसका साह विजयी
यसपछिको सामग्रीमौलापुरमा रिना साह पुनः बिजयी