चन्द्रपुर÷नेपालि कांग्रेस चन्द्रपुर ४ का वडा अध्यक्षका उम्मेदवार नेपाल कार्कीले आफुले जिते वडालाई खेलकुदमय वडा बनाउने बताएका छन् ।
उनले आफु पनि खेलकुद क्षेत्रकै ब्यत्ति भएका कारण यो वडाका किशोर किशोरीका लागि सुभिदा सम्पन्न खेलकुद तथा व्यामशालामा जोड दिने बताएका छन् ।उनले समग्र वडा विकासका लागि मतदाताले आफुलाई मतदान गर्नेमा आफु बिस्वस्त रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा आफुले वडाका धेरै समस्या सर्बसाधारणबाट सुनेकोका कारण आफुले वडामा चुनाव जितेपछि ति समस्या समाधान गर्ने बताउंदै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष समेत रहेका कार्कीले आफ्नो जितले खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।



