रौतहट,२६ बैशाख
रौतहट,यसै पनि बिवादीत ठाउ हो । रौतहटको लागी तस्करी भनेको कुनै नया कुरा होईन तर तस्करी गर्न प्रहरी ले साथ दिन्छ भने त्यो भन्दा दुर्भाग्य को कुरा के हुन सक्छ र ? रौतहटको मुख्य भंसार र साहेक भंसार बाट दिनहु जसो तस्करी भैरहदा पनि सुरक्षा निकाय भने मौन देखिन्छ । लाखौ रकमको चलखेल हुने भएकाले प्रहरी आफैले तस्करीलाई लाईन दिहिरहेका छन् । जिल्लाको सदरमुकाम गौर स्थित महादेवपट्टिको ईलाका बाट ब्यापक तस्करी भैरहेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा तस्करहरुको लागी भने यो बेला सर सामान खुल्ला रुपमा भित्राउने बेला हो । यतिबेला निर्वाचनको तयारीमा प्रशासन रहीरहेको बेला तस्करहरुलाई भ्याई नभ्याई हुने बेला हो । निर्वाचन कसरी सम्पन्न गर्न सकिन्छ, सुरक्षा ब्यवस्थापन कसरी मिलाउने भन्ने चटारो परीरहेको बेला रौतहटको प्रहरीको ध्यान भने तस्करी नियत्रण तर्फ जान सकेको छैन । अबैध रुपमा लाखौको मूल्य पर्ने गाई,भैसि,गोरु र पाडा मालबहाक गाडीमा ओसार पसार हुदा समेत प्रहरी मौन देखिन्छन् । गौर भंसार पारीबाट गाई बस्तु लिएर आउन यति बेला तस्कर सकृय छन् । पारी बाट आयात गरेको चौपाया गाडी मा लोड गरेर चन्द्रनिगाहपुर हुदै संघिय राजधानी सम्म पुर्याउदा याहाका प्रहरीको राम्रो सेटिगं भएको देखिन्छ । दिनहु जसो गोरु र भैसि याहाबाट राजधानी गईरहदा पनी प्रहरीले नियत्रण लिन नसक्नुमा राम्रो चलखेल भएको देखिन्छ । र्भखरै मात्र ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका कमाण्ड सम्हालेको प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जयसवार ले पनि कुनै ठोस कदम चाल्न सकेका छैनन् । प्रहरी नायव उपरिक्षक जयसवार आए देखिनै यहाका स्थानियले शान्ति सुरक्षाको अनुभुति गर्न पाएका छैनन् भने देखी तस्करी नियत्रण कसरी गर्लान भन्ने प्रश्न यहाका स्थानियले गर्न लागेका छन् ।

सोमबार बिहान मात्रै ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले ८८ ओटा बाख्रा र खसी नियत्रण्मा लिएको थियो । ठुला ठुला तस्करलाई लाईन दिने प्रहरीले बिवाहको लागी खरिद गरेको बाख्राखसिलाई लालबन्दि बजार बाट बिरगंज लादै गर्दा चन्द्रनिगाहपुरमा नियत्रणमा लिएर थियो । नियत्रणमा लिईएको उत्त बस्तुलाई किन र के कारण ले लिईयो? भन्सार चलान कति बेला गरीयो ? भन्ने प्रश्न हाम्रो संवाददाता गर्दा यो त जिल्ला प्रहरी कार्यलय लाई थाहा हुन्छ उतै बाट जानकारी लिनुस डिएसपी जयसवारले जवाफ दिएका थिए । आफ् प्रमुख रहेको ईलाका बाट खटिएका प्रहरीले नियन्त्रण लिदा समेत यस्ता प्रशनको उत्तर दिन नसक्नुले चन्द्रनिगाहपुर प्रहरी प्रमुख जयसवार आफै कमजोरी सावित भएका छन् ।
चन्द्रनिगाहपुरको कमाण्ड सम्हाले देखि उनिमा छुट्टै किसिमको दम्भ पैदा भएको छ । संचारकर्मि माथि राम्रो ब्यवहार गर्नु पर्ने ठाउमा समेत उनि चुकेको देखिन्छ ।



