चन्द्रपुर २५ बैसाख
रौतहटको चन्द्रपुर नगरपालिकाको लागी नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुख उ्म्मेदवार संजय काफले घरदैलो मा व्यस्त छन ।
मेयरपदका उम्मेदवार सन्जय काफ्ले सहित १० वटा वडाका उम्मेदवारहरु मत माग्दै मतदाताको घरदैलो पुगिरहदा मतदातामा उत्साह देखिएको काग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताएका छ्न । चन्द्रपुरको १० वटै वडामा काङ्ग्रेसका उम्मेदवारलाई मतदाताले भब्य स्वागत गर्दै आशीर्वाद समेत दिएको गिरीले बताए ।
जिल्लाकै धेरै मतदाता रहेको नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएको नेताहरु बताउछन ।

०७४ सालको निर्वाचनमा पनि नगर प्रमुख पदमा नेपाली कांगे्रसका उम्मेदवारले नै बाजी मारेको थियो । यस पालि पनि नेपाली कांगे्रसका उम्मेदवार बाजी मार्ने बुद्धिजिविहरुले आकलन गर्न लागेको छन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्ने कार्य जारी राख्दा जनसमुदाय पनि उनिहरुकै पक्षमा उभिएका छ्न ।
जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएपछी चन्द्रपुर नगरपालिकामा काङ्ग्रेसको जनलहर बढदै गएको नेपाली काङ्रेस का नेता सुमन गौतमले बताए । राम्रो र हक्कि स्वभाव भएका काफ्ले चन्द्रपुर नगरपालिका वार्ड ०५ का निवर्तमान अध्यक्ष समेत हुन् ।

घर दैलो गरीरहदा चन्द्रपुर वासीको उत्साह र मायाले गर्दा आफुनै बिजयी हुनेमा काफ्ले बिश्वस्त छन् । चन्द्रपुर नगरपालिकाको मुहार परीर्वतन गर्न आफुले छुट्टै खाका तयार परेको उनले बताए । सम्पुर्ण अग्रज,बुद्धिजिवि र भद्र ब्यत्ति र आम मतदातालाई नेपाली कांगे्रसको सम्पुर्ण उम्मेदवारलाई मतदान गरी बिजयी बनाउन समेत उनले अपिल गरेका छन् ।
नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिकाको वडा अध्यक्षमा १ नम्बरमा बलराम राउत ,२ नम्बरमा कल्याण कुश्वार,,३ नम्बरमा सन्त बहादुर पाख्रिन,४ नम्बरमा नेपाल कार्की ,५ नम्बरमा निलहरी कोइराला ,६ नम्बरमा नेत्र कुस्वार ,७ नम्बरमा विष्णु उप्रेती ,८ नम्बरमा जितेन्द्र चौधरी ,९ नम्बरमा नवराज देबकोटा,र १० नम्बरमा जयराम चौधरी वडामा उम्मेद्वार छन ।






