रौतहट,०९ बैशाख
मधेस प्रदेश का सासंद शेखअबुल कलामले राजिनामा दिएका छन् । रौतहटको गढिमाई नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका सांसद कलामले राजीनामा दिएका हुन् ।
रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।
उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन् ।
आवरण मेयरमा उठ्न प्रदेश सांसद कलामले दिए राजीनामा



