चैत १९,रौतहट-नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले भनेका छन् ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो रु श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र ’


नेता रावलले यस्तै कामले नेपाल हेपिने बताएका छन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार ३ दिने भारत भ्रमणमा गएका छन् । भ्रमण सुरु भएकै दिनदेखि प्रधानमन्त्री देउवाले भारतीय राजनीतिक दलका नेता र अधिकारीहरूसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । उनले सो क्रममा भारतीय जनता पार्टीको कार्यालयमा पुगेर सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।

अघिल्लो सामग्रीश्रीलङ्कामा आपत्काल घोषणा
यसपछिको सामग्रीअफगानिस्तानको अर्थतन्त्र ध्वस्त,भोकमरीको जोखिममा मानिस : राष्ट्रसंघ प्रमुख