रौतहट,०९ बैशाख
स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलका नेता–कार्यकर्ताहरू बैठक र भेलामा व्यस्त रहेका छन् । सबैजसो दलहरू पालिका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवार चयनमा जुटेका छन् । स्थानीय अगुवा तथा बुद्धिजीवीहरूले भने यसपटक आफूनिकटभन्दा आफ्नो ठाउको अवस्था बुझेका र सर्वसाधारणका समस्या सम्बोधन गर्न सक्नेलाई उम्मेदवार बनाइनुपर्ने सुझाव दिईरहेका छन् ।
यसपटक चुनावमा आकांक्षी उम्मेदवारको संख्या पनि धेरै छ । एकै पालिकामा प्रमुखका लागि दर्जन बढीले आकांक्षा राखेका छन्। चन्द्रपुर नयरपालिकामा बाटनेपाली कांगे्रस तर्फ मत्रै १२ जना ले मेयरमा आफ्नो उम्मेदवारी घोषण गरिसकेका छन् । पार्टीसंग लबिइङ गर्नेहरू धेरै छन् । तर, नेताहरू भने आफु निकटकालाई उम्मेदवार बनाउने योजनामा छन् । सर्वसाधारण मतदाता जनतालाई बुझ्ने उम्मेदवारलाई भोट हाल्ने भन्दै यसपटक पटक हाम्रालाई नभएर राम्रालाई भोट हाल्ने पक्षमा रहेको बताउँछन् । ‘जनताको हितमा काम गर्ने उम्मेदवारहरू आउनुपर्छ,’ चन्द्रपुर नगरपालिका—४ का स्थानीय उद्धव अधिकारीले भने, ‘हामीलाई निश्वार्थ काम गर्ने जनप्रतिनिधि चाहिएको छ । आफ्नो लागि नभएर जनताको लागि काम गर्ने चाहेका छौं । हाम्रै ठाउँको लागि चुनिनेले त हाम्रा दुःख पीडा बुझ्नुप¥यो नि ।’लहैलहमा भोट हाल्नेको संख्या विस्तारै घटेर समाजको लागि काम गरेका र गर्नेलाई मत दिन स्थानीयले तयारी गरिहरेको गरुडा नगरपालिका– ३ का इश्वर राय यादव बताउँछन् । ‘आफन्तवादको भावना त्यागेको मान्छेलाई उम्मेदवार बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । जनताप्रति डराउने नेतृत्वको खाँचो भएको र त्यसले मात्र राम्रो काम गर्न सक्ने उनको भनाइ छ ।
स्थानीय अगुवाहरू भने नेताहरूले सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिन थालेका छन्।
समाजमा गरेका कामको मूल्यांकन गर्दै पारदर्शी व्यक्तिलाई स्थानीय तहको चुनावमा अघि सानुपर्ने जन ज्योति माध्यमिक बिध्यालयका का उपप्राध्यापक देव नारायण हुमागाई बताउँछन् । ‘अहिले चुनावमा लगानी गर्ने पछि त्यहि असुल गर्न भ्रष्टाचार गर्ने परिपाटी देखिएको छ । त्यसले गर्दा विकास निमार्णलगायत समाजका लागि अन्य काम हुन सकिरहेको छैन,’ उनले भने, ‘अब कार्यक्षमता हेरेर ज्ञान भएको मान्छेलाई प्राथमिकतामा राख्नुपर्छ ।’
जिल्लाको भूगोल, संस्कृति, रीतिरिवाजलगायतका सबै कुरामा जानकारलाई उम्मेदवार बनाउन जरुरी देखिएको उनको सुझाव छ । युवा उम्मेदवार बनाउने होडबाजी भइरहेकाले उमेरमा मात्र नभई क्षमता र दक्षता भएका युवालाई अगाडि बढाइनुपर्नेमा उनको जोड छ । मतदाता सचेत भइसकेकाले पहिलाको जसरी दलहरूले भनेकै आधारमा भोट नहाल्ने चन्द्रपुर नगरपालिका ०५ का वडा अध्यक्ष संजय काफ्ले बताउछन्। ‘जनताहरू पनि सचेत भएकोले राम्रो मान्छेलाई भोट हाल्न लागि पर्खिरहेका छन्। दलहरूले टिकट दिँदा जनताको लागि काम गर्ने मान्छेलाई दिनबारे ख्याल गर्नु आवश्यक छ,’ काफ्लेले भने । उनि पनि चन्द्रपुर नगरपालिकाका को लागी मेयरको दौडमा छन् ।
अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले कार्यकर्तालाई लाभ हुने गरी काम गरेकाले सर्वसाधारण मतदाता सन्तुष्ट हुन नसकेको कतिपयको बुझाइ छ । मिसन र भिजन बिना नै पाँच वर्ष बिताएकाले कार्यकाल सकिन लागेका जनप्रतिनिधिप्रति स्थानीयका धेरै गुनासा रहको चन्द्रपुर का तेज बिक्रम कार्कीले बताए । ‘अधिकांश जनप्रतिनिधिले आफ्नै सम्पत्ति जोडे । कमाइ धेरै गरे जनताका काम कम गरे,’ उनले भने, ‘सवारीसाधनमा ठूलो खर्च गरे । जथाभावी सडक खने । वातावरण विनाश भयो । दैनिक दुर्घटना पनि तिनै सडकमा भइरहेका छन् । जनताको आवश्यकता भन्दा आफूअनुकूल जनप्रतिनिधिले काम गरे ।’ल अब जनताको अनुकूल काम गर्ने जनप्रतिनिधि चाहिएको उनले बताए । सर्वसाधारणको आवश्यकता र माग भन्दा पनि स्थानीय तहबाट अनावश्यक खर्च गरेको स्थानिय नवराज अर्याल बताउछन् उनले भने, ‘नगरमा परिवर्तनै नभएको होइन भएका छन् । तर दीर्घकालीन योजना बनाएर जिल्लामा कुनै पालिकाले पनि केही काम गर्न सकेनन् । अब आउनेहरूले यसमा ध्यान दिन जरुरी छ ।
यता नेताहरू पनि चुनावका स्थानीय एजेण्डा बनाइरहेका छन् । नगरपालिकामा आफुले स्थानीय तहको चुनावी एजेण्डाबारे छलफल थालेको कांग्रेस जिल्लासभापति सुनिल कुमार यादवले बताए । स्थानीयका चाहनालाई मध्यनजर गर्दै पार्टीले चुनावी एजेण्डा तयार गरिरहेको नेपाली कांगे्रस चन्द्रपुर नगरपालिका नगर अध्यक्ष मुकेश गिरिले बताए । चन्द्रपुर नगरपालिकामा कांगे्रसबाट मेयरका लागी गिरीले पनि आकांक्षा राखेका छन् ।
आवरण जनभावना बुझेकालाई उम्मेदवार बनाउन बुद्धिजीवीहरूको सुझाव



