रौतहट,२७ चैत्र
रौतहटको चन्द्रपुर वडा नं ६ मा रहेको जनज्योती बहुमुखी क्याम्पसको नवौ क्याम्पस सभा सम्पन्न भएको छ । शनिवार क्याम्पसको सभाहलमा कार्यक्रम संपन्न भएको हो । सो सभाको उदघाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले यस क्षेत्रको धरोहरको रुपमा रहेको क्याम्पसको शैक्षिक सुधार र भौतिक पुर्बाधार निर्माण सबैको साथ र सहयोग हुन जरुरी रहेको बताउनु भयो । यस्तै सोही सभामा नेकपा माओबादीका केन्द्रिय सदस्य युबराज भट्टराईले क्याम्पसको सुधार संगै अध्यनरत बिद्यार्थीहरुको भबिष्य केन्द्रित शैक्षिक ज्ञान दिन आबश्यक रहेको बताउनु भएको छ ।
मधेश प्रदेश का सभा सदस्य धनलाल ठोकरले क्याम्पसको हितमा सबैपक्षको सहयोग रहन जरुरी रहेको बताउनु भयो । चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले क्याम्पसको भौतिक पुर्बाधारमा नगरपालिकाले पर्याप्त सहयोग गरेको बताउनु भयो । शिक्षा बाट कोही पनि बन्चित हुन नपरोस भन्नका लागि कक्षा कोठा देखि अन्य पुर्बाधार निर्माणमा नगरपालिकाको सहयोग रहेको बतउनु भयो ।

सोही सभामा गुञ्जन एफएमका स्टेशन म्यानेजर संजय कार्कीले क्याम्पसका ब्यबस्थापन समिति र क्याम्पस प्रशासनको दक्षताले शैक्षिक एबम आर्थीक सुधार भएको भन्दै प्रशंसा गर्नु भएको छ । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष एकराज थापाकाले बार्षिक प्रतिबेदन एबम क्याम्पस प्रमुख राजन श्रेष्ठले आर्थीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । क्याम्पसका प्राध्यापक दिपक घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो भने ब्यबस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो ।यस्तै नवौं क्याम्पस सभाबाट शिक्षक शारदा भण्डारी ,लेखापाल बिक्कि थापा र प्रशासन सहायक आशिष कोईराला लाई सम्मान समेत गरीएको छ ।



