२० फागुन, सप्तरी- सप्तरीको रुपनी गाउँपालिका(१ शास्त्रीनगरमा रहेको एक गौसेवा आश्रममा आगलागी भएको छ ।पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आएको शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरको क्षति भएको हो ।गएराति भएको आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकोे प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा पशु चौपायामा भने क्षति नपुगेको पण्डित शास्त्रीले जानकारी दिए । आगलागीको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गौशालामा झन्डै एक दर्जन गाई पालिएको छ ।
प्रदेश खवर सप्तरीमा गौसेवा आश्रममा आगलागी



