फाल्गुन २२,रौतहट– प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरिएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार ११ सदस्यीय समिति गठन गरेको हो। सिफारिस समितिले कम्तीमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले महाभियोग दर्ता गराएका थिए।
महाअभियोग सिफारिस समितिमा कुन पार्टीबाट को को समितिमा कुन पार्टीबाट को को (नामसहित)
एमाले
१) विष्णु पौडेल
२) लालबाबु पण्डित
३) शिवमाया तुम्बाहाम्फे
४) कृष्णभक्त पोखरेल
कांग्रेस
५ ) मीनबहादुर विक
६ ) रामबहादुर विष्ट
माओवादी
७ ) यशोदा सुवेदी
८ ) रेखा शर्मा
नेकपा समाजवादी
९ ) कल्याणी खड्का
लोसपा
१० ) एकवाल मियाँ
जसपा
११ ) प्रमोद साह



