फागुन २१, कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ महेन्द्रनगर बजार क्षेत्रबाट २ किलो ८०० ग्राम चरेशसहित भारतको बिहारका राधेश्याम जैसवाललाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका जैसवाललाई चरेससहित पक्राउ गरिएको हो ।
कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेस बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अपराध लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ



