चैत १, हुम्ला-हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन ।उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।रासस

अघिल्लो सामग्रीतोलामा १ हजार ८ सय  रुपैयाँले घट्यो सुन
यसपछिको सामग्रीपन्जाबका नयाँ मुख्यमन्त्रीले लिँदैछन् गाउँमा सपथ