२० फागुन, रौतहट// साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।नयाँ मूल्यवृद्धि पछि सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य स्थिर छ ।
बिहीबार छापावाल सुनको मूल्य ९९ हजार र तेजावी सुन ९७ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य बिहीबार जस्तै तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



