गरुडा,२४ फागुन
सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम मंगलवार गरुडामा सम्पन्न भएको छ । माण्डवीको आयोजनामा गरुडा स्थित मंगलवार आशिर्वाद गेष्टहाउसको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
वैदेशिक रोजगारमा जादा आपनाउनु पर्ने सावधानीका उपायहरु , विदेशबाट फर्केका व्यक्तिहरु के गर्दैछ, जोखिममा परेकाहरुको सन्दर्भ मा कसरी समाचार सम्प्रेषण गर्ने, समाचार माध्यममा बैदेशिक रोजगार सम्बन्धि सवै किसिमको जानकारी समाजमा कसरी पुर्याउन सकिन्छ भन्ने उद्देश्यले पत्रकार हरु संग अन्तरक्रिया गरिएको सामी परियोजनाको कार्यक्रम संयोजक अरविन्द चौधरीले जानकारी गराए । कार्यक्रमका बारेमा संयोजक चौधरीले विदेश जानेहरुको संख्या रौतहटमा पनि बढी रहेको अवस्थामा सामी परियोजना रौतहटमा संचालन गरिएको बताउनुभयो । संयोजक चौधरीले भने´रोजगारीका लागि विदेश जानेहरुलाई सवै किसिमको जानकारी हुन आवश्यक रहेकोले सामीले वैदेशिक रोजगारीका लागि जाने युवाहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरेको हौ ` । वैदेसिक रोजगार युवाहरुको लागि अवसर भएपनि कुनै समस्यापर्दा अपनाउनु पर्ने सावाधानीका बारेमा जानकारी आवश्यक हुने बताउनुभयो । संयोजक चौधरीले युके एड सिप परियोजना र लक्ष्मी बैक वीच वैदेशिक रोजगारसंग सम्बन्धित परिवारका लागि एक लाख ५० हजार देखि ४ लाख सम्म ऋण प्रवाह गरेको जानकारी दिनुभयो । उहाले वैदेशिक रोजगारीका लागि जाने युवाहरुको लागि विनाधितो डेढ लाखसम्म ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारमा गएका व्यक्तिको घर परिवारमा घर संचालनका लागि २ लाख सम्म ऋण उपलब्ध गराउने तथा वैदेशिक रोजगारमा गएका घर परिवारका महिलाहरुलाई उधमशिलका लागि ४ लाखसम्म ऋण उपलब्ध गराउने सहकार्य भएको समेत उहाले जानकारी दिनुभयो ।

अघिल्लो सामग्रीइतिहासकै कमजोर बन्यो नेपाली मुद्रा
यसपछिको सामग्रीछोरिको लागि छोरी अभियान सस्थाद्वारा क्यान्सर पीडितलाई खाद्यान्न सहयोग