१९ फागुन, जनकपूरधाम// लागुऔषध गाँजासहित एक जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको सवैला नगरपालिका ९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले उनलाई घरनजिकै कालो प्लास्टिक गाँजा लिएर हिँडडुल गरिरहेको अवस्थामा नै हिरासतमा लिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

कापरको साथबाट ६ सय ग्राम गाजा बरामद भएको हो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




