फाल्गुन १८,रौतहट //रौतहटको कटहरिया नगरपालिकामा मकैबारीमा पानी पटाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।स्थायी प्रहरी चौकी प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् ।

पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

अघिल्लो सामग्रीयुक्रेन : रुससामु आत्मसमर्पण गर्दैनौं
यसपछिको सामग्रीशिवरात्रि र गाँजाको सम्बन्ध