फागुन २९,रौतहट- क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३(२ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए ।खेलको ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १(१ गोलको बराबरीमा ल्याए ।खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २(१ को अग्रता दिलाए ।खेलको ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २(२ को बराबरीमा पुग्यो ।त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३(२ गोलको जित दिलाए । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।

उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् । युनाईटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । उनले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरे ।जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेको छ ।युनाईटेड चौंथो स्थानमा रहेको छ ।टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।