Ukrainian President Volodymyr Zelenskiy

१७ फागुन, रौतहट//युक्रेनले रुससामु आत्मसमर्पण नगर्ने जनाएको छ । युक्रेनका विदेशमन्त्रीले एक अन्तर्वार्तामा आफूहरु कूटनीतिमार्फत् समस्या समाधानका लागि तयार रहे पनि रुससँग आत्मसर्पण नगर्ने जनाएका हुन् ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ । तर न त हामी आत्मसमर्पण गर्छौं न उसका शर्तसामु झुक्छौं ।’
विदेशमन्त्री कुलेबाले भने यो लडाइँमा युक्रेनको जित हुने दाबी समेत गरेका छन् ।रुस र युक्रेनका अधिकारीहरुबीच बेलारुसमा शान्ति वार्ता चलिरहेको बेला युक्रेनका विदेशमन्त्रीको यो भनाइ सार्वजनिक भएको हो । यद्यपि शान्ति वार्ता निष्कर्षविहीन भएको छ ।अन्तर्वार्तामा उनले भनेका छन्, ‘म एक कूटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामा विश्वास छ । तर एक कूटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य यो हो कि रुसमा अधिक प्रतिबन्ध लागोस् र युक्रेनलाई धेरैभन्दा धेरै हतियार मिलोस् ताकि रुसलाई अन्तर्राष्ट्रियस्तरमा अलग थलग पार्न सकियोस् ।

’रुसले छैटौं दिन पनि युक्रेनमा हवाई र स्थल दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट ठूलो जनधनको क्षति भएको छ ।दक्षिणी युक्रेनमा पर्ने खेरसोनको क्षेत्रीय केन्द्रलाई रुसी सेनाले घेरा हालेका छन् । रुस नियन्त्रित क्राइमियाको नजिक पर्ने खेरसोनमा प्रवेश गर्ने नाकाहरुमा रुसी सेनाले चेकप्वाइन्ट राखेको त्यहाँका मेयरले जनाएका छन् ।

यसैबीच अत्याधुनिक हतियारसहित रुसी सेनाहरुको लामो लस्कर युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गरेको तस्वीर सार्वजनिक भएको छ ।

अघिल्लो सामग्रीमाहशिवरात्रि देशभरि हर्षउल्लासकासाथ मनाईदै
यसपछिको सामग्रीरौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु