मधेश प्रदेश कमिटीको अध्यक्षमा फणी महत
मधेश प्रदेश कमिटीको अध्यक्षमा फणी महत

फाल्गुन २२, चन्द्रपुर- प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटीको अध्यक्षमा फणी महत सर्वसहमत चयन भएका छन । चन्द्रपुर स्थित होटल आरोहीमा सम्पन्न पहिलो अधिवेशनले महतलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट २७ सदस्यीय कार्य समिति पनि सर्वसहमत चयन भएको छ । समितिको उपाध्यक्षमा अनिल तिवारी र अर्चना परियार, महासचिवमा गौतम श्रेष्ठ, सचिवमा भगलु मण्डल र ज्ञासु देवान तथा कोषाध्यक्षमा जितेन्द्र साह चयन भएको निर्वाचन मण्डलका अध्यक्ष प्रेश चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज मोहमद लालबाबुले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा रामपुकार राउत, बिना राउत, बिजय पटेल लगायत रहेका छन ।

press chautari pradesh kamiti meeting,chandrapur rautahat

नवगठित कार्यसमितिलाई बधाई दिदै उनलले पत्रकारहरुको हकहितको रक्षाको लागि एक भएर लाग्न आग्रह गर्नुभयो । अध्यक्ष महतले आफू र आफ्नो संगठन र पत्रकारहरुको अधिकारको लागि लड्ने प्रतिवद्धता जनाए ।

press chautari member

प्रमुख आतिथ्यितामा कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यितामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह,जिल्ला सचिव बाल्बिक्रम कार्की, नेकपा एमाले मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारी, प्रेस चौतारीका प्रकाश लम्साल,कमल उपाध्याय लगायत आठै जिल्लका प्रेस चौतारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

अघिल्लो सामग्रीधनुषामा युवकलाई गोली प्रहार
यसपछिको सामग्रीस्थगित भएको कांग्रेस रौतहटको जिल्ला अधिवेशन फगुन २३ गते हुने