फागुन २१,रौतहट- गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे ।रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास गर्दै मन्त्री खाणले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावसमेत गरे । उनले त्यसका लागि सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सरकारको विश्वास रहेको बताए ।

उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन नसक्ने भन्दै संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिस्कृत गर्न सकिने बताए । राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गर्दे गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा विश्वास गनुपर्ने बताए ।

अघिल्लो सामग्रीशेन वार्नको ५२ वर्षको उमेरमा निधन
यसपछिको सामग्रीआगोमा जलेर आमा–छोराको मृत्यु