चन्द्रपुर,१४ चैत
स्थानिय तहको निर्वाचनको मिति तय भए संगै नेताहरुले आफ्नो उम्मेदवारी घोषण गर्दै आएकाछन् । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन ।
बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा चन्द्रपुर नगरपालिका ८ बसन्तपुर स्थायी घर भएका नेकपा एकिकृत समाजवादीका वडा नम्बर ८ का अध्यक्ष समेत रहेका दिपक पौडेल पनि वडाध्यक्षको दाबेदार रहेका छन् । वडाध्यक्षमा दावेदार रहेका पौडेललाई जिताउन युवा,आम कार्यकर्ता,भद्रभलादमीले माग गरेका छन् ।
८ नं वडाको सामाजीक र भौतिक बिकास चाहाने हो भने दिपक पौडेललाई चुनावमा खडा गरी जिताउनु पर्छ एक युवाले भने, गत ५ वर्षमा यहाका जनताले केहीपनी बिकासको अनुभुति गर्न पायन्न उनले थपे अब युवा र बिकास प्रेमीको पालो हो । वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका पौडेलले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाशमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन । पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी गरेका छन् । अवका दिनमा पार्टीले युवालाई नेतृत्व दिनुपर्नेमा पौडेलको जोड छ ।
बिद्यार्थीकाल देखीनै राजनीतिमा सक्रिय पौडेल एक ईमान्दार नेताका रुपमा प्रस्तुत भएको नेकपा एसका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहाल बताउँछन् ।
पछिल्लो ५ बर्षमा ८ नम्बर वडामा बिकाशको कामले गति नलिँदा वडाबासीले सास्ती खेप्नु परेको जनगुनासो बढेपछि आफुले केही गरेर देखाउने अठोटका साथ वडाको नेतृत्व लिने सोच जागेको पौडेल बताउँछन् ।
पौडेल तत्कालिन एमालेका वडाध्यक्ष योग बहादुर पौडेलका जेठा छोरा समेत हुन । युवा नेतृत्वले वडाको जम्मेवारी लिनुपर्छ भन्ने वडाबासीको माग बमोजिम आफुले दाबेदारी प्रस्तुत गरेको पौडेल बताउँछन् ।पार्टी नेतृत्वले टिकट दिनेमा उनि विश्वस्त छन् भने वडाका समस्या पहिल्याउँदै चुनावी तयारीमा समेत जुटिसकेका छन् ।




