रौतहट,१६चैत्र
निर्वाचन आयोगले चुनावको मिति घोषण गरे संगै मधेश लगाएत जिल्लाहरुमा अब को उठ्ने भन्ने चर्चा चल्न लागेको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा अब को उम्मेदवार को बन्ला भन्ने चासोको बिषय बनेको छ । यस्तै जिल्लाको मुख्य राजमार्ग संग जोडीएको पालीका चन्द्रपुर नगरपालिकामा अबको नगर प्रमुख को बन्ला भन्ने बिषय चुलीएको छ । नेपाली कागे्रसको तर्फबाट सबैले आ-आफ्नो दावी गरीरहेका बेला नगर प्रमुखकै उम्मेदवारको घोषण गरेका मुकेश गरीलाई नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनाउन आम कार्यकर्ता अपिल समेत गरेका छन् ।
नेपाली कांगे्रस चन्द्रपु्र को निर्वाचित नगर सभापति समेत रहेका गीरीको चर्चा चिया पसल देखी सामाजीक संजाल हुदै केन्द्र संम्म रहेको छ ।
२०५२ साल देखी नेपाली कांग्रेसको राजनितिमा सकृय हुदै गिरीले यसपालि नगर प्रमुखको टिकट पार्टीले आफुलाईनै दिने दावी गरेका छन् । उनले पार्टीको गरिमालाई जोगाउन अहोरात्र निरन्तर रुपमा लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफुलाई टिकट दिएर नगर प्रमुखको रुपमा नगरवासीको हितमा सेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए ।
वडा देखी प्रदेश र संघिय सम्म सबैमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन मैले खेलेको भुमिका लाई मध्यनजर गर्दै अब यस पटक सबै साथीहरुले मलाई नगर प्रमुखको रुपमा जिताउन उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,गीरीले भने त्यसैले नगर प्रमुखको टिकटको अब्बल दावेदार म नै हु ।

घरदैलौमा पुगेकाले जनताले पनि आफुलाई एकपटक चन्द्रपुरको नगरप्रमुखको रुपमा हेर्न चाहेको भन्दै चन्द्रपुर नगरपालिकाको आर्थिक , सामाजिक विकासको लागि आफुसंग स्पष्ट खाका रहेको बताए । चन्द्रपुरनगरपालिकामा व्यवस्थित बसपार्क , चन्द्रनिगाहपुर चोक र बजारमा पानीको निकास सहितको नाला निर्माण, सरकारी अस्पतालको समग्र विकास र स्तरउन्नती, मर्धर, डाबरीलाई देशकै नमुना पर्यटकिय स्थलको रुपमा विकास गर्ने , सामुदायिक विद्यालयमा शिक्षामा सुधार , विभिन्न वडामा रंगशालाको निर्माण लगायतका कार्ययोजना रहेको उनको भनाइ छ । स्थानिय सरकार नागरिकसग दैनिक जोडिने सरकार भएकाले यसको नेतृत्व सही हातमा परे नागरिकले सुविधा पाउछन उनले भने , म संग नगरको ठोस विकासको स्पष्ट योजना छ । पार्टीले अवसर दिए नगर प्रमुख पदमा जितेर देखाइदिन्छु र चन्द्रपुरवासीलाई देखिने विकासको अनुभूति गराउने छु । सबैलाई समेट्न सक्ने क्षमता , नेपाली कांग्रेसका कार्यकर्ता र आम नागरिकमा लोकप्रियतानै आफ्नो जितको पहिलो आधार भएको उनको भनाइ छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका गिरीले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन् ।नेपाली कांग्रेसको राजनितिमा सक्रिय गिरी सामाजिक सेवापनि उत्तिकै सक्रिय छन् ।
जिल्लाकै चिरपरिचित सरस्वती यूवा क्लवको सदस्य ,गोर्खा युवा क्लवको बर्तमान अध्यक्ष ,जिल्ला खेलकुद विकास समिति रौतहटको पुर्व उपाध्यक्ष ,जनज्योती माध्यमिक विद्यालयको पुर्व अध्यक्ष तरुण दलको जिल्ला सदस्य ,नेपाली कांग्रेस चन्द्रपुर ५ को सभापति र हाल नेपाली कांग्रेस चन्द्रपुरको सभापति रहेका गिरी स्पष्ट बक्ताका रुपमा चिनिने गरेकाछन् ।उनि रौतहट क्षेत्र नं ४ बाट निर्वाचित संघिय सांसद देव प्रसाद तिमल्सिना र केन्द्रमा गगन थापाका निकट ब्यत्ति हुन् ।


मधेसकोे नगर मध्य चन्द्रपुर विकासमा केही पछि परेको भएपनि सक्षम नेतृत्व आए धेरै सहज हुने कांग्रेस नेता गीरीको बुझाई छ । उनले भने, ‘विकास आफै हुने चीज होइन, त्यसका लागि सक्षम र अनुभवी नेतृत्वको खाँचो हुन्छ । मैले चन्द्रपुर नगरपालिकामा जनताले अनुभूत गर्ने गरी विकास गर्न मेयरमा दावी गरेको हुँ ।’ गिरी संगै नेपाली कांग्रेस बाट अजय साह,सुर्य बहादुर थापा,सपुत कार्की र हाल चन्द्रपुर नगरपालीकाका मेयर समेत रहेका राम चन्द्र चौधरीले दावी गर्दै आएका छन् ।
संघीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे भने कुनै समझदारी भइसकेको छैन । पछिल्लो स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसल नै विजयी भएको थियो ।
















