कुराकानीका लागि पुटिनलाई जेलेन्स्कीको आग्रह

‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा होइन ।’

फाल्गुन २०, एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि आग्रह गरेका छन् । फेब्रुअरी २४ देखि युक्रेनी भूमिमा रुसले लगातार आक्रमण गर्दै आएको छ ।रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको वार्तामा पनि कुनै समाधान ननिस्केपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताका लागि आग्रह गरेका हुन् ।साथै उनले पश्चिमा मुलुकलाई सैन्य सहायता बढाउन पनि उनको अनुरोध छ । पुटिनको सैन्य कारबाही नरोक्ने भने उनले युरोपका अन्य देशमा पनि आक्रमण गर्न सक्ने जेलेन्स्कीको आकलन छ । किभमा पत्रकारहरूसँगको कुराकानी भनेका छन्, ‘यो होइन कि म पुटिनसँग कुरा गर्न चाहन्छु । तर मैले पुटिनसँग कुरा गर्नु छ । विश्वले पुटिनसँग कुरा गर्नु छ । यो युद्ध रोक्ने अर्को बाटो छैन ।’ जेलेन्स्कीले पुटिनलाई सम्बोधन गर्दै सोधेका छन्, ‘तपाईं हामीबाट के चाहनुहुन्छ रु हाम्रो भूमि छाडिदिनुस् ।’लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भने, ‘मसँगै बस्नुस्, ३० मिटर टाढा होइन ।’

Russia Ukraine Conflict News: What Are The Pro-NATO Countries & Pro-Russia  Nations?
ukraine president Zelenskyy and russian president putin

दुई मुलुकबीच संघर्ष चलेको ९औं दिन पुग्दा दुवैतर्फ ठूलो क्षति भएको बताइएको छ । दुवै मुलुकले क्षतिबारे विभिन्न दाबी गर्दै आए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।बिहीबारको दोस्रो चरणको वार्तामा दुवै पक्ष सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउन सहमत भएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिन्स्कीले सर्वसाधारणलाई सैन्य संघर्ष भइरहेका ठाउँबाट उद्धार गर्न बाटो दिने कुरामा दुवै पक्ष सहमत भएको बताएका छन् ।त्यस्तै सम्भावित युद्धविरामका बारेमा पनि छलफल भएको उनको भनाइ छ । बेलारुसमा भएको उक्त वार्ता करिब साढे दुई घण्टा चलेको थियो ।त्यस्तै वार्तामा सहभागी युक्रेनका वरिष्ठ अधिकारी मिखाइलो पोदोल्याकले दोस्रो चरणको वार्ता सम्पन्न भए पनि युक्रेनले चाहेको कुरा नभएको बताएका छन् । मानवीय सहायतकाका बारेमा दुवै पक्ष सहमतिमा पुगे पनि अन्य कुरामा सहमति हुन नसकेको उनको भनाइ छ । रुसी प्रतिनिधिमण्डलका सदस्य लिओदिन स्लट्स्कीका अनुसार दुवै पक्ष छिट्टै नै तेस्रो चरणको वार्ताका लागि सहमत भएका छन् ।

अघिल्लो सामग्रीमधानी महायज्ञको अवसरमा कलाकारहरुले झुमाए दर्शक
यसपछिको सामग्रीजिल्ला सदस्यमा खिला प्रसाद लामिछाने को उम्मेदवारी