फागुन १८,रौतहट// रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् । राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र विस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए । तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ ।एजेन्सीको सहयोगमा

Three Ukrainian Soldiers Killed In Blast In East
अघिल्लो सामग्रीपोखरामा फेरि बर्डफ्लु संक्रमण फेला
यसपछिको सामग्रीएमसीसी मुख्यालयले भन्यो : अनुमोदन स्वीकार, ससम्झौता कार्यान्वयनको दिशातर्फ